सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेसमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

बिहीबार पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति