अर्थमन्त्री प्रकरण : संसदीय छानबिन समितिले जनार्दन शर्मासँग बयान लिँदै

काठमाडौँ । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको घुसपैठ र सिसिटिभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले बुधबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयाँ लिँदै छ ।

बुधबार सिंहदरबारमा बस्ने समितिको बैठकमा शर्मालाई बयानका लागि बोलाइएको छ । समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजश्व सचिव, सहसचिव र अन्य कर्मचारीसँग सोधपुछ गरिसकेको छ ।

समितिले सिसिटिभीको हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय समेत गरेको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भइ कुनै निश्चित समूहलाई फाइदा पुग्नेगरी करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो ।

समिति बनेसँगै शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति