विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सुझाव संकलन भइरहेको छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताएका छन् ।

गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसहित गैरआवासीय नेपाली संघका प्राविधिक समूहसँगको भेटमा थपलियाले सर्वोच्च अदालतको परमादेशले विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउने पर्ने अधिकारको सुनिश्चितता गरेको स्मरण गराए ।

आयोगले पनि विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न र अझै व्यवस्थित बनाउन सुझाव संकलन गरिएको बताए ।

एनआरएनएका अध्यक्ष बद्री केसीले एनआरएनए चुनावका लागि बनाएको एप्स निर्वाचन आयोगले पनि प्रयोग गर्न सक्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति