काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् ।
सोमबार बिहान मुलपानी पुगेका मन्त्री गहतराजले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका हुन् ।
आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाउन निर्देशन दिँदै मन्त्री गहतराजले गुणस्तरियताका लागि प्राविधिक पाटोलाईसमेत ख्याल गर्नुपर्ने बताए ।
मन्त्रालयका सचिव डा.दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरीक्षणमा पुगेका मन्त्रीले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताए ।
अनुगमन तथा निरक्षणका क्रममा मन्त्री गहतराजले अभ्यासरत खेलाडीहरुसँग भेटघाट गरेका थिए ।
प्रतिक्रिया