बेन स्टोक्सले लिए एकदिवसीय क्रिकेटबाट सन्यास

काठमाडौँ। इंग्ल्यान्ड टेस्ट क्रिकेट टिमका कप्तान बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

सोमबार स्टोक्सले दक्षिण अफ्रिकाविरुद्धको शृंखलाको पहिलो खेल नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय एकदिवसीय खेल हुने घोषणा गरेका हुन् । यद्यपि, स्टोक्सले टी–२० क्रिकेटलाई भने निरन्तरता दिने बताएका छन् ।

३१ वर्षीय स्टोक्सले इंग्लिस टिमबाट १०४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दा ७४ विकेट लिएका छन् । यसक्रममा उनको ब्याटिङ औसत ३९.४४ को थियो ।

स्टोक्सले सन् २०११ मा आयरल्यान्डविरुद्धको खेलबाट इंग्ल्यान्डका लागि एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनले त्यसयता क्रिकेटको यो संरचनामा दुई हजार ९१९ रन बनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति