चार महिनापछि कोरोनाबाट एक महिलाको मृत्यु

सुनसरी । गत फागुनयता शून्यमा रहँदै आए पनि चार महिनापछि कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

गत फागुनबाट कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरे पनि आइतबार भने एक महिलाको धरानमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार ५६ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाले कोरोनाविरुद्ध कुनै खोप नलगाएको खुलेको छ ।

कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९५३ जनाको मृत्यु भइसकेको छ । ३ जेठ २०७७ मा पहिलो पटक सिन्धुपाल्चोक बाह्रबिसे राम्चेकी २९ वर्षीया एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति