जेठ महिनाको सिसिटिभी फुटेज दिन मन्त्रालयका सचिवदेखि कर्मचारीले आनाकानी गर्‍यो : सांसद् यादव

काठमाडौँ । बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानबिन समितिलाई अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज दिन आनाकानी गरेको छ ।

संसदीय समितिले पटक पटक जेठ महिनाको सिसिटिभी फुटेजका लागि ताकेता गर्दा पनि मन्त्रालयले सिसिटिभी फुटेज दिन आनाकानी गरे पछि पुनः ताकेता गरिएको छ ।

‘जेठ महिनाको सिसिटिभी फुटेज मागेका थियौँ तर उहाँहरुले असार महिनाको दिनुभयो,’ समिति सदस्य सरला यादवले भनिन्, ‘जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर समितिलाई अझै दिइएको छैन, हामीले पुनः पत्र पठाएर माग जेठको सिसिटिभी फुटेज माग गरेका छौँ ।’ उनका अनुसार जेठ महिनाको सिसिटिभी फुटेज दिनका लागि अर्थ मन्त्रालयका सचिवदेखि कर्मचारीले आनाकानी गरिरहेका छन् ।

त्यसो त सिसिटिभी फुटेज दिन आनाकानी गरे पनि समितिमा बयान दिन आएका सचिव, सहसचिवहरुले १४ जेठको बजेट निमार्ण क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई निरन्तर अस्विकार गर्दै आएका छन् ।

‘सिसिटिभी फुटेज नदिए पनि हामीले लिएको बयानमा उहाँहरुले अनधिकृत व्यक्ति आएको विषयलाई नकार्दै आउनुभएको छ,’ सांसद यादवले भनिन्, ‘सिसिटिभी फुटेज नै नभएपछि अनुसन्धान गर्न समितिलाई अप्ठयारो परिरहेको छ ।’ उनका अनुसार समितिले सो बारेमा आवाश्यक निर्णय लिनका लागि आज पनि छलफल गर्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति