मोदीसँग किन भेट भएन मलाई थाहा भएन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा हुन नसकेको बताएका छन् ।

भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई थाहा नभएको उनको भनाइ छ । तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका उनले मोदीसँग भेट नभएकोमा कुनै टेन्सन नभएको बताए ।

उनले आफ्नो तीन दिनको भारत भ्रमण सफल भएको दाबी गरेका छन् । भ्रमण आफूले सोचेभन्दा राम्रो भएको भन्दै उनले विमानस्थलमा भारतीय जनता पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिन आएको र उनले भारतमा आफ्नो न्यानो स्वागत भएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति