नयां दिल्ली १ साउन । भारतको तीन दिने सद्भावना भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष र भारतीय जनता पार्टीका अध्यक्षबीच भेटवार्ता भइरहेको छ । विजेपी मुख्यालयमा जारी भेटवार्तामा नड्डाका अतिरिक्त विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेशभन्त्री एश जयशंकर सहभागी रहेका छन् ।
सत्तारुढ विजेपी अध्यक्ष नड्डाको निमन्त्रणामा भारतल भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री प्रचण्डले यस लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट वार्ता गर्ने कार्यक्रम रहेको छ ।
यस अघि प्रचण्डसंग विदेशमन्त्री एस जयशंकर, विदेश विभाग प्रमुख विजय चौथाइवाले, विदेश सचिव विनय मोहन क्वात्रा र प्रम मोदीका सुरक्षा सल्लाहाकार अजित डोभालले छुट्टाछुट्टै भेट वार्ता गरेका थिए ।
प्रभानमन्त्री मोदीसंगको भेट वार्ता सकिए लगत्तै प्रचण्ड आजै स्वदेश फर्किने उनको निजी सचिवालयले जनाएको छ ।
प्रचण्ड विजेपी मुख्यालयमा, अध्यक्ष जेपी नड्डा र विदेशमन्त्री एस जयशंकरसंग दुई पक्षीय वार्ता
प्रतिक्रिया