‘तुम शेर तो, हम सवा शेर’ नगरौं, वामपन्थी तालमेल गरौं – ओलीलाई नारायणकाजीको अपिल

काठमाडौं ३२ असार, । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालेमलका लागि एमाले अध्यक्ष ओलीसंग आग्रह गरेका छन् । श्रेष्ठले तुम शेर तो, हम सवाशेर छाडेर आत्मसमीक्षा गरेर पुनः एकता गर्नु पर्ने बताए ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था ः चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा माओवादी केन्द्रका नेता श्रेष्ठले देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामपन्थीहरु भएको उनले बताए । तर अहिले वामपन्थीहरुले एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा सबै सिद्धिने दिशातिर गइरहेको र यसले देशको अस्थित्व संकटमा पर्नसक्ने बताए ।

उनले अघि भने, ‘देश सिध्याउने काम नगरौं । त्यसका निम्ति वापन्थीहरुको एकता आवश्यक छ । कमसेकम तालमेल र मोर्चातिर जान आवश्यक छ ।’

मञ्चमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिँदै श्रेष्ठले भने, ‘सबैसँग विनम्रतातापूर्वक आग्रह गर्न चाहन्छु, तुम शेर तो, हम सवा शेर छोडिदिऊँ ।’

उनले अझै वाम एकताका बारेमा जोड दिंदै थपे–‘घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौं । कतिपय भोलि गरे हुने भए पछाडि गरौंला । अहिले गर्नुपर्ने छ, गल्ती कमजोरी भएको छ भन्ने लाग्छ भने आत्मालोचना गरौं । म त आत्मालोचना गर्छु, पार्टी एकता जोगाउन सकिएन, मेरो पनि भूमिका थियो ।’

तालमेल गरेर अघि बढेनन् भने वामन्थीहरु सिध्दिने दिशातिर जाने उनले बताए । एमसीसीमा के भएको थियो ? १९ बुँदे आरोप पत्रमा के भएको थियो ः अरु के भएको थियो आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने उनको आग्रह थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति