जसपामा धक्का : पर्साबाट २ केन्द्रीय सदस्यसहित ६९ जनाले छाडे पार्टी छाडे (सूचीसहित)

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) मा शीर्ष नेताहरुबीच देखिएको तिक्तता र पार्टी विभाजनको असर जिल्ला जिल्लामा पर्ने देखिएका छ ।

जसपा पर्साका दुई जना केन्द्रीय सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेका छन् ।

पार्टीमा स्वच्छाचारिता बढेको, एकलौटी ढंगबाट संचालन भएको, नीति, नियम र नेतृत्व प्रष्ट नभएको र पार्टीको संगठनात्मक संरचना अनुसार चल्नुपर्नेमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको, जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरू चंगुलमा पार्टी डुब्दै गएको आरोप लगाउँदै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।

शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य वीरेन्द्र यादव र टेकबहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, जिल्ला सदस्य एवं जगरथापुर गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण मोहन यादव लगायतले पार्टी परित्याग गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति