काठमाडौं । लौरो चुनाव चिन्ह लिएर निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ ।
अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय टिम रहेको सो पार्टीले चुनाव चिन्ह लौरो पाएको हो ।
बिहीबार आयोगमा सो दल दर्ता भएको र चुनाव चिन्ह लौरो रहेको आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । छोटकरीमा हानेपा नाम रहेको सो दल १८८ नम्बरमा दर्ता भएको हो ।
प्रतिक्रिया