आज उपसभामुख पाउँदै संघीय संसद

काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले आज उपसभामुख पाउने भएको छ । आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि मतदान हुने छ ।

उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ ।

उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत हुने छ । र, बहुमतका आधारमा निर्वाचित भएको घोषणा सभामुखबाट हुने छ ।

६ माघ २०७६ मा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति