भाजपा अध्यक्षको निमन्त्रणामा दिल्ली जाँदै प्रचण्ड

काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि तीन दिने भारत भ्रमका लागि जाँदै छन् ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले करिब डेढ महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिएको उल्लेख गरे।

त्यस बेला प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताएका थिए ।

उनले बताए अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको मल्लले जानकारी दिएका छन् । भारत भ्रमण सकेर प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति