काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ ।
वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो ।
भट्टराई, यमी, महेन्द्र यादवलगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिए ।
अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौँमा बसेको छ ।
प्रतिक्रिया