सरकारलाई एमालेको प्रश्न-वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ?

काठमाडौं, ३० असार । प्रमुख विपक्षी नेकपा एमालेले सरकारलाई वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ? भनी प्रश्न गरेको छ ।

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेका सांसद कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे मौन रहनुको कारण खोजेका हुन् ।

‘वैवाहिक अंगीकृत नागरिकताबारे बारे छलफल हुन नसक्ने हो रु’ सांसद पोखरेलको प्रश्न छ । उनले विवाह गरेर आउनेवित्तिकै नागरिकता दिने व्यवस्था कहाँ छ भनी प्रश्न गरे ।

‘कहाँ छ आउने वित्तिकै नागरिकता दिने रु भारतमा ७ वर्ष छ । जहाँ पनि कम्तिमा ४/५ बर्ष छ’ उनले भने । सांसद पोखरेलको आग्रह छ, ‘कति पनि हुन्न विवाह गरेर आउने वित्तिकै नागरिकता पाउनुपर्छ भन्ने हुनु हुँदैन । यसमाथि छलफल गरौं र एउटा निष्कर्षमा पुगौं ।’

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विवाह गरेर आएको ७ बर्ष पछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । तर, उक्त विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ ।

नयाँ विधेयकमाथि संसदमा छलफल सुरु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति