संसदमा नागरिकता विधेयकमाथि सैद्धान्तिक छलफल

काठमाडौं, ३० असार । प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि उक्त विधेयकमाथि सैद्धान्न्तिक छलफल भइरहेको हो ।

यसअघि सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको थियो । उक्त विधेयक संसद र संसदीय समितिमा छलफल सकेर निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा रहेका बेला फिर्ता लिएको भन्दै सरकारको आलोचना भएको छ ।

उक्त विधेयक फिर्ता लिएलगत्तै फेरि सरकारले नागरिकता विधेयक ल्याएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति