युक्रेनले किन तोड्यो उत्तर कोरियासँग सम्बन्ध ?

काठमाडौँ । पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादीहरूले आफ्नो स्वघोषित गणतन्त्रलाई प्योङयाङले मान्यता दिएको केही घण्टापछि युक्रेनले उत्तर कोरियासँगको सम्बन्ध तोडेको बताएको छ । उत्तर कोरियाले तथाकथित दोनेत्स्क पिपुल्स रिपब्लिक र लुगान्स्क पिपुल्स रिपब्लिकलाई मान्यता दिएपछि युक्रेनले कदम चालेको हो । गत महिना रुसी सहयोगी सिरियाले पनि पूर्वी क्षेत्रलाई मान्यता दिएको थियो ।

युक्रेनी विदेश मन्त्रालयले एक विज्ञप्तिमा रुसले अस्थायी रूपमा कब्जा गरेको क्षेत्रलाई मान्यता दिने उत्तर कोरियाको निर्णयको निन्दा गरेको छ ।

‘युक्रेनले लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियासँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ’, विज्ञप्तिमा भनिएको छ । यसैबीच युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले रुसका सहयोगी देशहरु घट्दै गएको दाबी गरेका छन् । विदेशमन्त्री कुलेबाले विज्ञप्तिमा भनेका छन्, ‘आर्थिक र राजनीतिक रूपमा रूसमा निर्भर देशबाहेक संसारमा अब कुनै पनि सहयोगीहरू छैनन् । ’

रुसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण सुरु गर्नुभन्दा केही समयअघि नै स्वघोषित गणतन्त्रलाई मान्यता दिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति