कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहीबार पनि बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो ।

आजको बैठकमा कांग्रेसतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जबाफ दिने छन् । सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जबाफ दिने कार्यक्रम राखिएको हो ।

सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जबाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति