कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहीबार पनि बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो ।

आजको बैठकमा कांग्रेसतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जबाफ दिने छन् । सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जबाफ दिने कार्यक्रम राखिएको हो ।

सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जबाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board