सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर गर्न सहमत

काठमाडौं, २९ असार । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स बीच मर्जरका लागि सम्झौता भएको छ । दुवै कम्पनीका प्रतिनिधिले बुधबार मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका सञ्चालक धनश्याम थापाले समझजारीपत्रमा हस्ताक्षर गरेका छन् । हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ कायम हुनेपर्ने निर्देशन दिएपछि अहिले बिमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । गत १२ असारमा सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच पनि मर्जरमा जाने सम्झौता भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति