अर्थ मन्त्रालय पुगे पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समिति

काठमाडौँ, २९ असार । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समिति अर्थ मन्त्रालय जाँदै छ ।

११ सदस्यीय समितिले मंगलबारदेखि आफ्नो कामकारबाही सुरु गरेको हो । बुधबार भने उक्त विषयमा सत्यतथ्य जानकारी लिन समितिका सदस्यहरू अर्थ मन्त्रालयमा जाने भएको समितिका एक सदस्यले जानकारी दिए ।जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियाको प्रयोग गरेको भन्दै संसदमा पनि चर्को विरोध भएपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

शर्माले राजीनामा दिएपछि त्यसबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन भएको थियो। छानबिन समितिमा प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट चार जना सहभागी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति