चिनिया प्रतिनिधिमण्डलको राष्ट्रपति भण्डारीसंग भेट

काठमाडौं २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमै शिष्टाचार भेटको भएको हो । लिउ जियानचाओ आजै स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

चार दिने भ्रमणका लागि टोली आइतबार नेपाल आएको थियो । भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष ​केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेको थियो ।
चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागमा नियुक्त भएपछि लिउको यो पहिलो विदेश भ्रमण हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति