ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीचको भेटमा के भयो कुराकानी ?

काठमाडौँ, २९ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले भेटवार्ता गरेका छन् । सिपिसी विदेश विभाग प्रमुख जियानचाओले ओलीलाई बालकोट पुगेर भेट गरेका थिए ।

अध्यक्ष ओली र सिपिसीका विदेश विभाग प्रमुख जियानचाओबीच द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयहरुमा कुराकानी भएको नेकपा (एमाले) विदेश विभाग प्रमुख डा.राजन भट्टराईले बताए ।

डा.भट्टराईका अनुसार नेपाल र चीनबीचको सम्बन्ध धेरै अगाडिदेखि सुमधुर रहँदै आएको र आजको बदलिँदो अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिक परिस्थितिमा पनि चीन र नेपालबीचको सम्बन्ध हामीले विगतमा तयार गरेका आधार र मान्यताहरुकै आधारमा अगाडि बढाउने विषयमा दुवैतर्फबाट प्रतिबद्धता जाहेर भएको छ ।

नेपाल र चीनबीचको सम्बन्ध पारस्पारिक हितका आधारमा अगाडि बढाउने तथा दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिमा अगाडि बढिरहेका छन् ।

चीनले नेपाललाई अत्यन्तै नजिकको मित्रराष्ट्रका रुपमा हेर्ने गरेको र नेपाल विकासमा भरपर्दो विकास साझेदार मुलुकका रुपमा रहँदै आएको र त्यसलाई निरन्तररुपमा अगाडि बढाउ चाहेको कुरा छलफलका क्रममा चीनका तर्फबाट सिपिसी विदेश विभाग प्रमुख जियानचाओले राखेका थिए ।

त्यसैगरी नेपालको तर्फबाट अध्यक्ष ओलीले नेपाल विगतदेखि भन्दै आएको एक चीन नीति र सँगसँगै नेपाली भूभाग चीनलगायत अन्य मित्रराष्ट्रका विरुद्धमा प्रयोग नहुने/हुन नदिने प्रतिबद्धता जाहेर गरे । त्यो पुरानो प्रतिबद्धतामा नेकपा (एमाले) प्रतिबद्ध छ । त्यसलाई निरन्तर रुपमा अगाडि बढाउन चाहन्छौँ भन्ने कुरा अध्यक्ष ओलीले राखेको विदेश विभाग प्रमुख डा.भट्टराईले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति