सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीले रेशम चौधरीको निःसर्त रिहाइलगायतका माग गर्दै सोमबार ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गरी लोसपाले उक्त ज्ञापनपत्र बुझाएको लोसपाकी नेतृ पुनम यादवले बताइन् ।
जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा गएका नेताकार्यकर्ताले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई विभिन्न १४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
लोसपाको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले ज्ञापनपत्र आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँ पठाउने प्रतिबद्धता गरेका छन् ।
ज्ञापनपत्रमा सांसद रेशम चौधरीसहित विभिन्न आन्दोलनको क्रममा पक्राउ परेका राजबन्दीहरूलाई निःसर्त रिहाइ गर्नुपर्ने, देशमा व्यप्त महँगी, भ्रष्टाचार, कृषिका लागि मलखाद र नागरिकताविहीनका लागि नागरिकता उपलब्ध गराउनुपर्नेलगायतका विभिन्न १४ बुँदे माग राखेका छन् ।
प्रतिक्रिया