सार्वजनिक गाडीको भाडा बढ्यो (सूचीसहित)

काठमाडौँ । आज सोमबारदेखि लागु हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक गाडीमा १.७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति