एमाले सचिव भट्टराईले गरे संवैधानिक परिषदसम्बन्धि विधेयक फिर्ता लिन माग 

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराइले संवैधानिक परिषद सम्बन्धि विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् । 

सरकारले उक्त विधेयक राष्ट्रिय सभामा पेश गरेपछि उनले यस्तो माग राखेका हुन् । 

‘संविधानको अक्षर र भावना बिपरित सरकारले राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद सम्बन्धि बिधेयकको बिरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु,’ भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

उनले सरकारलाई संविधान अनुकुल चल्न पनि आग्रह गरेका छन् । 

‘सत्तामा बस्नेहरुले आफ्नो अनुकुल संविधान भत्काउने होईन बरु संविधान अनुकुल चल्ने र संपिधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन,’ सचिव भट्टराईले भनेका छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति