काठमाडौं । नेकपा एमालेले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा अपेक्षित परिणाम नआउनुमा चार मुख्य कारण औंल्याएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको घेराबन्दी र षड्यन्त्रका बाबजुद लोकप्रिय मतमा सर्वाधिक ठूलो र लोकप्रिय पार्टीका रूपमा स्थापित भए पनि सिट सङ्ख्याका हिसाबले दोस्रो स्थानमा सीमित हुन पुग्नु गम्भीर र सोचनीय विषय भएको बताएका छन् ।
अध्यक्ष ओलीले एमालेले लोकप्रिय मत पाउनुको निष्कर्ष जनताको मनमा पार्टीप्रति विश्वास, भरोसा र समर्थन अझ बढिरहेको तर त्यसलाई सही ढङ्गले सम्मान गर्ने, कुशल व्यवस्थापन गर्ने र निर्वाचन परिणाममा ढाल्ने क्षमतामा गम्भीर समस्या देखा पर्नुमा विभिन्न समस्या रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया