काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जनयुद्धमा बेपत्ता, घाइते र अपाङ्ता भएकाहरुको उचित व्यवस्थापन गरिनुपर्ने बताउनुभएको छ ।
शहीद तथा बेपत्ता खम्बसिंह गुरुङको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले परिवर्तनका लागि योगदान गरेकाहरुको उचित सम्मान हुनुपर्ने बताउनुभयो ।
उहाँले घाइते बेपत्ता र शहीद परिवारका लागि उचित सम्मान हुने खालको कार्यक्रम केपी शर्मा ओली नेतृत्वको सरकारले गर्दै गरेको पनि स्मरण गर्नुभयो ।
कार्यक्रममा एमालेका उपमहासचिव लेखराज भट्टले शहीद, बेपत्ता र घाइतेहरुको सम्मानमा राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा सहभागी शहीद परिवार, घाइते तथा बेपत्ता परिवारहरुसितको अन्तक्र्रियाबाट अब चाँडै नाटकका लागि कथा तयार पारिने जनाएको छ ।
सो कार्यक्रममा जनगायकहरु जीवन शर्मा, प्रदीप बम्जन लगायतका कलाकारहरुले शहीदको सम्झनामा गीत गाउनुभएको थियो ।
कार्यक्रम शहीद खम्बसिंह गुरुङकी छोरी लक्ष्मी गुरुङ लगायत परिवारले आयोजना गर्नुभएको थियो ।
प्रतिक्रिया