एक खेल अगावै भारतलाई श्रृंखला

काठमाडौँ । घरेलु टोली इंग्ल्यान्डलाई लगातार दोस्रो टी–२० मा ४९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले एक खेल अगावै श्रृंखला जितेको छ ।

भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १२१ रनमा समेटियो । इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३५ रन बनाए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनायो ।

भारतका लागि रविन्द्र जेडेजाले सर्वाधिक ४६ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले ४ विकेट लिए ।

यस अघि पहिलो खेल भारतले ५० रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति