एक खेल अगावै भारतलाई श्रृंखला

काठमाडौँ । घरेलु टोली इंग्ल्यान्डलाई लगातार दोस्रो टी–२० मा ४९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले एक खेल अगावै श्रृंखला जितेको छ ।

भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १२१ रनमा समेटियो । इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३५ रन बनाए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनायो ।

भारतका लागि रविन्द्र जेडेजाले सर्वाधिक ४६ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले ४ विकेट लिए ।

यस अघि पहिलो खेल भारतले ५० रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board