काठमाडौ, २४ असार । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशलले आज कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरे ।
नेपालका तर्फबाट कपिलवस्तु–२ का सांसद श्री बृजेश कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख श्री बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर श्री केशव श्रेष्ठ लगायतको उपस्थिति रहेका थिए ।
शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग नेपाली रुपैँया ३ करोड ४० लाखको लागतमा यस परियोजनाको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India 75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने परियोजनाहरु मध्येको एक रहेको छ ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।
प्रतिक्रिया