आइसिसी विश्वकप ट्रफी टुर सुरु, नेपालमा दुई दिन रहने

काठमाडौं, २४ असार । आइसिसी टी-२० विश्वकप २०२२ सुरु हुन १०० दिन बाँकी रहँदा ‘ट्रफी टुर’ सुरू भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले शुक्रबारबाट आयोजक राष्ट्र अष्ट्रेलियाको पर्थबाट ट्रफी टुर सुरु गरेको हो ।

दोस्रोपटक नेपाल आइपुग्न लागेको ट्रफी यसपटक भने ३० र ३१ अगष्ट (१४ र १५ भदौ) मा काठमाडौं आइपुग्ने छ । ट्रफी सार्वजनिक स्थानमा फोटो सेसनका लागि राखिनेछ । यद्यपि स्थान भने तोकिएको छैन ।

आजबाट सुरु भएको टुर १३ देशका ३५ स्थानमा पुग्ने आईसिसीले जनाएको छ । विश्वकप १६ अक्टोबरबाट सुरु हुनेछ । नेपाल भने यसअघि नै पराजित हुँदै छनोट हुन असफल भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति