काठमाडौँ । दुई दिनदेखि स्थगित माओवादी केन्द्रीय समितिको बैठक आज अपरान्ह सुरु हुने भएको छ ।
प्रदेश र गैरभौगलिक क्षेत्रबाट रिर्पोटिङ तथा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जबाफ अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दिने पूर्ववत् कार्यतालिका रहेको छ ।
गत पुसमा सम्पन्न महाधिवेशनबाट १५ र आवश्यक्ता अनुसार पदाधिकारी चयन गर्ने विधानको निर्देशनअनुसार सम्भवतः आज अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारीको नाम पनि प्रस्ताव गर्ने सक्ने एक केन्द्रीय सदस्यले बताए । त्यसका लागि दुई दिनदेखि गृहकार्य गरेका अध्यक्ष प्रचण्डले तेस्रो पूर्ण बैठकबाट नै पदाधिकारी टुंगाउने योजना अनुसार आन्तरिक गृहकार्य बढाएका छन् ।
प्रतिक्रिया