पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता

उदयपुर । स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका आज बेपत्ता भएका हुन् ।

त्रियुगा नगरपालिका–१४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता हुने बालिकामा स्थानीय १३ वर्षीया विपना राई र अर्का १२ वर्षीया विना राई रहेका छन् ।

राईका अनुसार दिनको १ः४५ बजेतिर गोठालो गएका दुई बालिका स्थानीय सिसाखोला दोभानमा पौडी खेल्ने क्रममा सिसाखोलाले बगाएर सुनकोसी नदीमा डुब्न पुगेको कारण बेपत्ता भएका हुन् । घटनालगत्तै स्थानीयवासी र प्रहरीचौकी साउनेबाट गएका प्रहरीले समेत खोलाले बगाएको बालिकाको निरन्तर खोजीकार्य गरिरहेको तर फेला पार्न नसकेको साउनेका अर्का स्थानीय देव मगरले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराका अनुसार घटनाबारे प्रहरीमा खबर आएलगत्तै प्रहरीचौकी साउनको प्रहरी टोलीले घटनास्थलमा गएर खोजीकार्य जारी राखेको तर साँझ परिसकेकाले फेला पार्न नसकिएको प्रहरी प्रमुख बोहराले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति