सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको छ ।

सन्दीपलाई जायन्ट्सले ४० हजार अमेरिकी डलर अर्थात ५० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । जायन्ट्सले डायमन्ड क्याटागोरीबाट सन्दीपलाई क्लब भित्र्याएको हो ।

लंकन प्रिमियर लिगमा जम्मा पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका लागि कुल तीन सय ५३ खेलाडी अक्सनको ड्राफ्ट थिए । यसमध्ये १८० विदेशी र १७३ खेलाडी श्रीलंकाकै थिए ।

सन्दीपले हालसम्म बिग बास लिग (बिबिएल), इन्डियन प्रिमियर लिग (आइपिएल)सँगै विश्वका कयौँ ठूला लिग खेलिसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति