लालध्वज हत्या प्रकरण : चार जनालाई जन्मकैद

बारा । बाराको अमलेखगञ्जमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ ।

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी, बन्दना लामा, ‘सञ्जय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलाशले यस्तो फैसला सुनाएको हो ।

२१ असार ०७७ मा अमलेखगञ्जस्थित ससुराली घरबाट बेपत्ता भएका लालध्वजको सोही असार २८ मा थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा मृत फेला परेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति