कांग्रेस पदाधिकारी बैठक आजदेखि, कोइराला पक्ष ‘रचानात्मक विद्रोह’को तयारीमा*

काठमाडौँ । नेपाली कांग्रेसले आह्वान गरेको पदाधिकारी बैठकमा शेखर कोइराला पक्षधरले पाँच बुँदे असन्तुष्टि जाहेर गर्ने भएका छन् ।

मंगलबारदेखि काठमाडौँमा सुरु हुने बैठकमा पार्टीका सबै विभागमा ४० प्रतिशतसमेतको दाबी गर्दै कोइराला पक्षले सो असन्तुष्टि जाहेर गर्ने भएका हुन् ।

गत बिहीबार बसेको कोइराला समूहका बैठकले सरकार भ्रष्टाचारमा लिप्त भएकोदेखि सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचानात्मक विद्रोह’ गर्ने जनाएका थिए । महामन्त्री गगन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांश नेताको उपस्थिति रहेको थियो ।

मंगलबारदेखि सुरु हुने बैठकमा सरकार सञ्चालनलगायत अन्य विषयमा असन्तुष्टि जनाउँदै कोइराला पक्षधरले ‘रचानात्मक विद्रोह’ गर्ने केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए ।

*सच्याइएकाे

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति