काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्रालयको सिसिटिभीको फुटेज नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका छन् ।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले करको दायरामाथि हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा चर्चा हुँदा पनि सिसिटिभी फुटेज १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको जबाफमाथि प्रधानमन्त्रीले तत्काल एक्सनमा जानुपर्ने बताए ।
“अर्थ मन्त्रलयले सिसिटिभी फुटेजमा १३ दिनको छ भनेर अरु मेटिएको भनेपछि तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ,” उनले भने, “कानुनले तीन महिनासम्म सुरक्षित राख्नुपर्ने किन मेटियो ?’
हाम्रो आफ्नै नियम, कानुनले पनि हामीलाई कम्तीमा तीन महिनासम्मको सिसिटिभी फुटेज राख्ने कुरा भनेको भन्दै उनले करको दर भनेको सामान्य कुरा नभएको दाबी गरे । उनले यो मानवीय कुरा नभएको र यो डिलिट भयो भनेर त्यतिकै नहुने बताए । उनले कसैले सामान्य मानवीय त्रुटि भयो भनेर यसबाट भाग्न पाउने कुरा नहुने बताए ।
उनले करको दायरा हेरफेरको विषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्ने धरणा राखे । संसद्ले पारित गरेको बजेटको कारको विषय सामन्य कुरा नभएको भन्दै उनले यसलाई छानबिनबाटै निष्कर्षमा पुर्याउनुपर्ने जिकिर गरे ।
महामन्त्री थापाले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए । उनले अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफूहरुले अनौपचारिक रुपमा भनिसकेको पनि बताए ।
प्रतिक्रिया