नेपालमा थपिए ४० जना कोरोना संक्रमित

काठमाडौं, २० असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना र एन्टीजेन विधिमार्फत् थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमित निको भएका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board