साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट

काठमाडौं, २० असार । साताको पहिलो कारोबार दिन आइतबार बढेको सेयर बजार दोस्रो दिन सोमबार भने गिरावट आएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९।७५ अकंले घटेर २०७६।६७ बिन्दुमा कारोबार बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७।६१ बिन्दुले बढेर २०८६।३८ बिन्दुमा बन्द भएको थियो ।

आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार पाँच सय ९१ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार पाँच सय ९३ रुपैयाँको कारोबार भएको हो ।

अघिल्लो कारोबार दिनमा भने सेयर बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४८ करोड चार लाख ७३ हजार नौ सय ९८ रुपैयाँको कारोबार भएको थियो ।

सेयर बजारमा आज शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १७ करोड ५८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टलरीको १६ करोड ९० लाख ५१ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख ६७ हजार रुपैयाँ, अरुण काबेली पावरको ११ करोड ७८ लाख ८६ हजार रुपैयाँ र अप्पर तामाकोशी हाइड्रोपावरको ११ करोड ६७ लाख ३ हजार रुपैयाँको कारोबार भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति