गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

सोमबार बिहान गृह मन्त्रालयमा भएको भेटमा रासायनिक मलको विषयमा पनि छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।

राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलोपटक भेटघाट गरेका हुन्।

भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गरेको भट्टराईले बताए।

राजदूत श्रीवास्तवले आफूले पहल गर्ने आश्वासन दिएका छन्। भेटमा गृहमन्त्री खाणले श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति