माओवादी केन्द्रीय समिति बैठक आजदेखि, पदाधिकारी चयनबारे छलफल हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ ।

प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजेदेखि सुरु हुने बैठकले स्थानीय तहको निर्वाचनको समीक्षादेखि संघीय निर्वाचनको तयारीलगायतका विषयमा छलफल गर्ने छ ।

गत पुसमा महाधिवेशन सम्पन्न गरे पनि पदाधिकारी टुंग्याउन नसकेको माओवादीले आजदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सो विषय पनि एजेन्डाको रुपमा प्रस्तुत हुने केन्द्रीय सदस्य रञ्जित तामाङले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति