काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरापालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शुक्रवारी राति काठमाडौँ–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।
‘तपाईंहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ शुक्रबार राति गरेको घोषणामा भनेकी छन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु ।’
COMMENTS