चर्चामा सन्दीपको ट्विट, के भनेका थिए ?

काठमाडौं, १८ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले आफूलाई कसैले समर्थन नगरे पनि ठिक रहेको र एक्लै लड्न तयार रहेको आसयको ट्विट गरेका थिए । 

‘शून्य समर्थन ? चिन्ता नलेउ, तिमीले यो युद्ध एक्लै लड्नुपर्छ,’ सन्दीपले लेखेका छन् । नेपाली क्रिकेट टिम हाल विश्वकप क्रिकेट लिग २ अन्तर्गत शृंखलाको तयारीका लागि क्यानडा भ्रमणमा छ ।

नेपालले क्यानडा तीन एकदिवसीय खेल खेल्नेछ  । जसमध्ये दुई नेपालले क्यानडाको राष्ट्रिय टिमसँग र एक त्यहाँको स्थानीय क्लबसँग खेल्ने तय भएको थियो । नेपालले शनिबार क्यानडाको स्थानीय क्लब ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको थियो । 

नेपालले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाएर एक सय ५१ रन मात्र जोडेको थियो । उनले त्यो ट्विट नेपालले खेल जितिसकेपछि पोस्ट गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board