सुनको भाउ ३०० रुपैयाँ घट्यो

काठमाडौं, १७ असार । सुनको भाउ शुक्रबार ३०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

यता, शुक्ररबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार २३५ रुपैयाँ कायम रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति