आर्यन खानद्वारा पासपोर्ट फिर्ता दिन निवेदन

काठमाडौँ । गत वर्षको क्रुज लागुऔषध मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)बाट क्लिन चिट पाएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले बिहीबार एक विशेष एनडीपीएस अदालतसमक्ष आफ्नो पासपोर्ट फिर्ता गर्न माग गर्दै निवेदन दिएका छन् ।

अदालतले एनसीबीलाई जवाफ दिन निर्देशन गरेको छ र मामिलाको सुनुवाइका लागि १३ जुलाईको मिति तय गरेको छ । आर्यनलाई एनसीबीले गत वर्ष अक्टोबरको सुरुवातमा हाइप्रोफाइल लागुऔषध मामिलामा पक्राउ गरेको थियो । तर जाँच एजेन्सीले मेमा दायर आरोपपत्रमा उनको नाम आरोपीको रूपमा उल्लेख गरेको थिएन । आर्यनले जमानतको सर्तअनुसार अदालतमा आफ्नो पासपोर्ट जम्मा गरेका थिए ।

‘एनसीबीले ‘पर्याप्त प्रमाणको अभाव’ को कारण जनाउँदै आर्यन र अन्य पाँचलाई छोडेको थियो । बिहीबार आर्यनले आफ्ना वकिलको माध्यमबाट विशेष अदालतमा एक निवेदन दिँदै पासपोर्ट फिर्ता गर्न माग गरेका हुन् । तर निवेदनमा उनले आफ्नो नाम उल्लेख गरेका छैनन् ।

२४ वर्षे आर्यनलाई एनसीबीले गत वर्ष ३ अक्टोबरमा मुम्बइको तटबाट गोवा जाने एक जहाजमा छापा मारेपछि पक्राउ गरेको थियो । मुम्बई उच्च न्यायालयद्वारा जमानत दिनुअघि आर्यन २० दिन बढी समय जेलमा बसेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति