प्रदेश १ सांसद् गुलेफुन खातुनको राजीनामा स्वीकृत

विराटनगर । सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा (एमाले) प्रदेश १ सांसद् गुलेफुन खातुनले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

बिहीबार प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले उनको राजीनामा पत्र वाचन सुनाउँदै स्वीकृत भएको जानकारी दिए ।

खातुनलाई सरकारी सहीछाप किर्ते मुद्दामा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले दोषी ठहर गरेको थियो । फैसलामा चित्त नबुझेपछि खातुनले सवोच्चको ढोका ढकडक्याएकी थिइन् । जेठ २५ गते सर्वोच्च अदालतले उच्चकै मुद्दा सदर गरेको थियो ।

न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले उनको निवेदनमा निस्सा नदिने आदेश गरेको थियो ।

मोहीको जग्गा दाबी गर्न कागजात जुटाउने क्रममा उनीमाथि तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप किर्ते गरेको आरोप थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति