भक्तपुरमा रोबोट डिजाइनसम्बन्धी तालिम

भक्तपुर, १५ असार । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा रोबोट तथा मेसिन संयन्त्रको डिजाइनको लागि सहज सफ्टवेयरसम्बन्धी तालिम दिएको छ । म‌गलबारबाट सुरु गरिएको पाँच दिने तालिम विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको हो ।

आयोगको क्षमतावृद्धि कार्यक्रमअन्तर्गत तालिम तथा विकास शीर्षकअन्तर्गत तालिम भएको हो । कार्यक्रममा पहिलो दिन सोलिडवर्क्स सफ्टवेयरसँग अवगत रहने, दोस्रो दिन स्केचहरु बनाउने, तेस्रो दिन मेसिनको पार्टस्का त्रिआयामिक मोडेलहरू बनाउन सिकाइने, चौथो दिन ती पार्टहरूलाई सफ्टवेयरमा जोडेर मेसिनको प्रारुप दिने र पाँचौँ दिन मेसिन संयन्त्रको अनुकरण गर्न तथा डिजाइन गर्न सिकाइने योजना रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति