विश्वविद्यालयबाट निस्काशन गरेको झोकमा प्राध्यापकको हत्या

काठमाडौँ । इराककको उत्तरी इरबिल प्रान्तमा विश्वविद्यालयका दुई प्राध्यापकहरुलाई एक पूर्वविद्यार्थीले हत्या गरेका छन् । विश्वविद्यालयबाट हटाइएका ती विद्यार्थीले गोली चलाएर गुरुहरूको हत्या गरेको उक्त प्रान्तका गर्भनरले बताएका छन् । पीडितमध्ये एक जना डीन रहेको बताइएको छ । डीनको शरिरका विभिन्न पाँच स्थानमा गोली लागेको छ । पीडितसँगै ती विद्यार्थीले इञ्जिनियरिङका अर्का प्राध्यापकलाई पनि गोली हानेका थिए ।

आक्रमणकारी सोरन युनिभर्सिटीका पूर्वविद्यार्थी हुन् । उनलाई केही समयअघि विश्वविद्यालयबाट निस्काशन गरिएको थियो । इराकमा पछिल्ला वर्षहरूमा धेरै सशस्त्र आक्रमणहरू भएका छन् । केही महिनाअघि इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीमाथि ड्रोन हमला भएको थियो ।

अमेरिकाले प्रधानमन्त्री काधिमीमाथि भएको ड्रोन आक्रमणलाई ‘आतंकवादको स्पष्ट कार्य’ भनेको थियो । बगदादको ग्रीन जोनमा रहेको प्रधानमन्त्रीको उच्च सुरक्षा निवासमा आक्रमण भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board